विद्योदयमा खेलकुद सप्ताह

16
बेनी, म्याग्दी । ६१ औं राष्ट्रिय बाल दिवसको अवसरमा म्याग्दी जिल्लाको बेनी–१०, वाखेतस्थित श्री विद्योदय आधारभूत विद्यालयले  ‘किन खस्कियो सामुदायिक शिक्षा स् दोषी को रु समाधान के ?’ भन्ने विषयमा प्यानल डिस्कसन आयोजना गर्दैछ।

कार्यक्रममा शिक्षा, समाज र शिक्षक सरोकारवालाहरू सहभागी हुनेछन् ।  प्यानलमा नगर प्रमुख सुरत केसी, सामाजिक विकास समिति प्रमुख चक्र केसी, म्याग्दी बहुमुखी क्याम्पसका सहप्रध्यापक रेखाकौशल रेग्मी, र जमुनाखर्क नमूना माविका प्रधानाध्यापक सोमनाथ ढुङ्गाना र शिक्षक महासङ्घ म्याग्दीका निवर्तमान अध्यक्ष जयराम सुवेदी सहभागी हुनेछन्। कार्यक्रमको मोडेरेटरको भूमिका प्रकाश अधिकारीले सम्हाल्नेछन्।

प्यानल डिस्कसनले सामुदायिक शिक्षा खस्किनुको कारण पहिचान, समाधानका सम्भावित उपायहरू, र शिक्षक, अभिभावक र समुदायसँग साझा कार्ययोजना तयार गर्ने उद्देश्य राखेको छ।

बाल दिवसको अवसरमा आयोजना गरिएको यस कार्यक्रमले सामुदायिक शिक्षाको वर्तमान अवस्था उजागर गर्नेछ र सुधारका ठोस सुझाव प्रस्तुत गर्ने विद्यालयका सूचना अधिकारी अमृता जिसी रोकाले जानकारी दिनुुभयो ।

साथै बेनी नगरपालिकाको आयोजना तथा विद्यालयको व्यवस्थापनमा नगरपालिका स्तरीय ‘बालविवाह न्यूूनिकरणमा स्थानीय सरकारको भूुमीका’ विषयक वक्तृत्वकला प्रतियोगिता पनि सन्चालन हुने विद्यालय इन्चार्ज शोभाकान्त लामिछानेले जानकारी दिनुुभयो । लामिछानेका अनुुसार वक्तृत्वकला प्रतियोगितामा बेनी नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत  विद्यार्थीले  सहभागिता जनाउन सक्नेछन।

त्यस्तैगरि यही भाद्र २७, २८ र २९ गते तीनदिन सम्म विद्यार्थीको चौतर्फी विकासको लागि वृहत् खेलकुद सप्ताह पनि आयोजना गर्न लागिएको अतिरिक्त विभाग प्रमुुख सुुजन पुुनले जानकारी दिनुुभयो । २९ गते प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा विष्लेश्ण समेत गरिने विद्यालयले जनाएको छ । कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरोकारवालाहरूलाई सक्रिय सहभागिता जनाउन आमन्त्रण गरिएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here