काठमाडाैं । अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसबाट आएका प्रख्यात अमेरिकी कलाकार अलेहान्द्रो पोली जुनियर ‘म्यान वन’ नेपालमा हुने सडक कला प्रदर्शनीमा सहभागी हुने भएका छन् ।
कलाकार अलेहान्द्रो अल्पसङ्ख्यक र सामाजिक रूपमा बहिष्कृत समुदायहरूको आवाजको प्रवर्द्धन र सम्मान गर्नका लागि आयोजना गरिएको बाह्र दिने कार्यक्रममा सहभागी हुन लागेको काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।
नेपाली कला समूह आर्टुडियोसँगको सहकार्यमा म्यान वनले काठमाडौं र जनकपुरका स्थानीय कलाकारहरूसँग सहकार्य गरी नेपालको जीवन्त बहुसांस्कृतिक समाजलाई कलाको माध्यमबाट प्रदर्शन गर्न सडक कला परियोजना आयोजना गर्नेछन् ।















