उदयपुर-१ मा रोकिएको मतगणना सुरू गर्न निर्देशन

53

उदयपुर । उदयपुर  क्षेत्र नम्बर १ मा रोकिएको मतगणना सुरू गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

हिजोदेखि यो क्षेत्रमा मतगणना स्थगित भएको थियो। निर्वाचन आयोगका उपसचिव ऋषिराम भुसालले उदयपुरका मुख्य निर्वाचन अधिकृतलाई पत्राचार गर्दै रोकिएको मतगणना कार्य पुन: सुरू गर्न निर्देशन दिएका छन्।

आयोगको निर्देशनपछि सर्वदलीय बैठक गरेर मतगणना पुन: सुरू गर्ने तयारी छ। प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र फेला परेपछि मतगणना स्थगित भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here