काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा बैंग्लोरले हैदरावादलाई ४ विकेटले पराजित गरेको हो ।
१ सय ७६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बेंग्लोरले १९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । बेेंग्लोरको जितमा सिमरोन हेटिमरले र गुरकित सिंहले उत्कृष्ट प्रदर्शन गरे । हेटिमरले ७५ र सिंहले ६५ रनको योगदान दिएपछि जित सम्भव भएको हो । हैदरावादका खलिल अहमदले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । कप्तान केन विलियम्सनले उत्कृष्ट प्रदर्शन गर्दै ७० रन बनाएको थियो । कप्तान केनले ४३ बलमा ५ चौथा र ४ छक्का प्रहार गरेका थिए ।
हारपछि हैदरावादको १४ खेलबाट १२ अंक भएको छ । लिग चरणको अन्तिम खेलमा पराजित भएसँगै हैदरावादको प्लेअफमा पुग्ने अवस्था कठिन बनेको छ ।

















