अदालतले नै गरायो हनुमन्ते खोला व्यक्तिको नाममा

256

काठमाडौं – भक्तपुर जिल्ला अदालतले साविक मध्यपुर ठिमी १६ को हनुमन्ते खोलासमेत रहेको १७ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा छुट दर्ता गर्न विवादास्पद आदेश दिएको पाइएको छ।

भक्तपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश मोहम्मद जुनैद आजादले गत पुस २६ मा लोकन्थलीस्थित हनुमन्ते खोला र दायाँबायाँको १७ रोपनी एक आना एक पैसा जग्गा ललितपुर, इमाडोलका ज्ञानबहादुर थापाका नाममा छुट दर्ता गरिदिन भूमिसुधार कार्यालयलाई आदेश दिएका हुन्। नापीको नक्सा र मालपोतको स्रेस्तामा कित्ता नम्बर ४२४ को उक्त जग्गा ‘खोलो सरकारी’ उल्लेख छ।

आजादले २०२१ सालको नापीदेखि फिल्डबुकमा नेपाल सरकारका नाममा दर्ता कायम भएको र २०५३ सालसम्म कसैले आफ्नो भन्ने दाबी नगरेको जग्ग ठोस प्रमाण र आधारबिनै व्यक्तिका नाममा छुट दर्ता गर्न आदेश दिएका हुन्।

पहिले दिव्यश्वरी गाविस साविक मध्यपुर ठिमी १६ मा पर्ने कित्ता नम्बर ४२४ मा ६७ रोपनी आठ आना दुई दाम जग्गा छ।
आजादले १७ रोपनी एक आना दुई दाम एक पैसा जग्गा भने पनि पूरै कित्ता अर्थात् ६७ रोपनी आठ आना दुई दाम नै थापाको नाममा छुट दर्ता हुने आशयको फैसला गरेका हुन्। कान्तिपुर दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here