इटहरीमा मृत्यु भएका युवकको सनाखत

20

इनरुवा (सुनसरी) । जेनजी आन्दोलनका क्रममा सोमबार सुनसरीको इटहरीमा मृत्यु भएका एक जना युवकको सनाखत भएको छ ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीले जानकारी दिए ।

 उनका अनुसार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सककले मृत घोषणा गरेका थिए ।

मृतक श्रेष्ठको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । अर्का एक युवकको भने सनाखत नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जेनजीले गरेको आन्दोलनका क्रममा सोमबार काठमाडौंमा १७ जनाको र इटहरीमा २ जनाको मृत्यु भएको थियो । देशैभर गरी ४२२ जना घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here