देशमा सबै जल्दा बाँकी रहेका संविधान जल्न नहुने

20

काठमाडौं ।  संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले संविधानको परिधिभित्रै रहेर सरकार निर्माण गर्नुपर्ने जनाएका छन्।

उनले देशमा सबै जल्दा बाँकी रहेका संविधान र नेपाल जल्न नहुने जनाएका छन्।

‘संसद्  भवन जल्यो, सिंहदरबार जल्यो, सर्वोच्च अदालत र अदालतहरू जले, राष्ट्रपति कार्यालय जल्यो, राष्ट्रपति निवास पनि जल्यो। प्रधानमन्त्री कार्यालय र निवास जल्यो। धेरै संरचना जले। अब देशमा भएको संविधान नजलोस्, नेपाल नजलोस्। संविधान अनुसार सरकार बनोस्,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

भदौ २३ र २४ गते भएका घटनाप्रति दुःख व्यक्त गर्दै खतिवडाले घटनाको छानबिन गरी दोषीलाई कारबाहीबाट उम्किन दिन नहुने जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here