काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद् गठन गरेका छन् । नेपालको संविधान बमोजिम देहाय अनुसारको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् ।
कार्यविभाजन अनुसार प्रधानमन्त्री सुशीला कार्कीले उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि तथा पशुपन्छी विकास; खानेपानी; परराष्ट्र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण; शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्घीय मामिला तथा सामान्य प्रशासन; सञ्चार तथा सूचना प्रविधि र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हालेकी छन् ।
रामेश्वर प्रसाद खनालले अर्थ मन्त्रालय सम्हाल्नेछन् । कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइसहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । ओम प्रकाश अर्याललाई गृह र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्छन् ।



















