लाइसेन्स छपाइ अनिश्चितकाल बन्द

20

काठमाडौं । चालक अनुमति पत्र (लाइसेन्स) छपाइ र वितरण अनिश्चितकालका लागि बन्द भएको छ।

यातायात व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै लाइसेन्सको छपाइ र वितरणलगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने जानकारी गराएको छ।

‘मिति २०८२/०५/२३ र २४ गते विरोध प्रदर्शनको क्रममा यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजनी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गई सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता (EDLVRS ) सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सूचना नभएसम्मको लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणलगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने बेहोरा जानकारीका लागि अनुरोध छ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here