काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने जनाएका छन् । बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने उनको धारणा थियो ।
उनले तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरूले भुमिका खेल्नुपर्ने जनाए ।
पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई पुनर्संरचना गर्नेमा आशंका रहेको उनको धारणा थियो ।
आगामी दिनमा एउटा वृहत खालको राजनीतिक पुन: संरचना हुनुपर्ने जरुरी देखिएको उल्लेख उनले गरे । ‘जेन जी भन्ने २८ वर्ष भन्दा मुनिका युवाहरुले दबाब बनाइरहे राजनीतिक पुन: संरचना सम्भव छ । कहिले कहीँ भुँईको टिप्छु भन्दा पोल्टाको पनि खस्छ, त्यसमा मैले शतर्क गराउँदै आएको पनि छु,’ उनले भने ।
अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । तर प्रमुख राजनीतिक दलहरुले भने प्रतिनिधि सभा विघटन गलत भएको जनाउँदै आएका छन् ।


















