पुँजीबजार सुधारका सुझाव दिन चार सदस्यीय कार्यदल गठन

16

काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजारका समस्या पहिचान गरी सुधारका सुझाव दिने उद्देश्यले चार सदस्यीय कार्यदल गठन गरेका छन्।

कार्यदलमा धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसी सयोजक छन् भने नेपाल राष्ट्रबैंकका निर्देशक शरण अधिकारी,नेपाल स्टक एक्सचेञ्जका कामु कार्यकारी निर्देशक निरञ्जन फूयाँल सदस्य छन्। त्यस्तै, कार्यदलको सदस्य सचिवमा अर्थमन्त्रालयका उपसचिव शरद निरौला छन्।

कार्यदलले प्रस्तुत गर्ने योजनामा बजार नियमन,लगानीकर्ता संरक्षण, प्रविधि सुधार तथा वित्तीय जानकारीको पारदर्शिता सुनिश्चित गर्ने उपायहरू समेटिने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here