नेपाली महिला क्रिकेट टोली मलेसिया पुग्याे

20

ज, काठमाडौं । मलेसियासँग पाँच टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न तथा त्यसअघि हुने मलेसियन सुपर वुमन सिरिजमा खेल्न नेपाली महिला क्रिकेट टोली मलेसिया पुगेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार नेपाली टोली शनिबार दिउँसो नै मलेसिया प्रस्थान गरेको थियो । अहिले टोली मलेसिया पुगिसकेको एक सदस्यले जानकारी दिएका हुन् । महिला टोलीका लागि कुनै औपचारिक बिदाइ कार्यक्रम भने राखिएको थिएन ।

क्यानले शनिबार दिउँसो नै विज्ञप्ति जारी गरेर नेपाल र मलेसियाको महिला टोलीका बीचमा आगामी अक्टोबर २ देखि ८ सम्म पाँच खेलको टी-२०आई शृंखला हुने र त्यसअघि खेलाडीले सिरिजमा खेल्नेबारे जानकारी गराएको थियो ।

सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा खेलाडीहरू सहभागी हुनेछन्। उक्त प्रतियोगितामा १४ खेलाडी फरक–फरक पाँच टोलीबाट खेलेर अनुभव बटुल्नेछन्।

१४ सदस्यीय नेपालको टोली घोषणा हुँदा सीता राना मगरले टोलीमा पुनरागमन गरेकी छन् भने टिममा पाँच परिवर्तन भएको छ ।

नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमै हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । त्यसको तयारीका लागि यी कार्यक्रमहरू राखिएको हो ।

नेपाली टोली : इन्दु बर्मा, पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here