आजदेखि मलेसियन सुपर वुमन सिरिज सुरु

26

काठमााडौं । मलेसियन सुपर वुमन सिरिज आजदेखि सुरु हुँदैछ।

प्रतियोगिता मलेसियन क्रिकेट संघको आयोजनामा यही सेप्टेम्बर २४ देखि ३० सम्म हुनेछ।  यो प्रतियोगितामा नेपाली राष्ट्रिय महिला किक्रेट टोलीकी सदस्य सीता रानामगरले सेन्ट्रल सुपर गर्ल्सको कप्तानी गर्ने भएकी छन्।

सीतासहित यशोद विष्ट, राजमति ऐरी र रिया शर्माले खेल्नेछन्। यस्तै नेपालकी कप्तान इन्दु बर्माले साबिक विजेता वेस्टर्न वन्डर वुमनको पनि कप्तानी गर्ने भएकी छन्।

प्रतियोगिताको तेस्रो संस्करणमा सेन्ट्रल सुपर गर्ल्स इस्टर्न लायनेस, नर्थन क्विन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमन सहभागी छन्।

मलेसियाविरुद्धको ट्वी–२० अन्तर्राष्ट्रिय शृंखलाको तयारीका लागि यो प्रतियोगिता नेपाली खेलाडीलाई फलदायी हुने अपेक्षा गरिएको छ।

शृंखला मलेसियामा आगामी अक्टोबर २ देखि ८ सम्म हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here