पूर्णिमासहित ३५ खेलाडी बन्द प्रशिक्षणमा

23

काठमाडौं। साफ यु-२० महिला च्याम्पियनसिपकी सर्वाधिक गोलकर्ता पूर्णिमा राईसहित ३५ खेलाडीलाई नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ।

मुख्य प्रशिक्षक नवीन न्यौपानेले शुक्रबार भारतसँग हुने मैत्रीपूर्ण खेलका लागि यी खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्। नेपालले अक्टोबर २६ मा भारतको सिक्किममा एक मैत्रीपूर्ण खेल खेल्दैछ।

बंगलादेशका भएको साफ यु-२० च्याम्पियनसिपमा पूर्णिमाले सर्वाधिक १० गोल गरेकी थिइन्। उनीसहित सोही टोलीकी गोलकिपर लिला जोशी, तुलसा बोहरा, सेनु परियार, सुक्रिया मिया र मिना देउवालाई पनि प्रशिक्षणमा बोलाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here