निमा छिरिङ शेर्पाले मनास्लु हिमाल चढ्याे

21

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका ६ लेलेप ताप्लेजुङका निमा छिरिङ शेर्पाले १६ वर्ष चार महिना १८ दिनको उमेरमा ८ हजार १ सय ६३ मिटर उचाईको गोरखामा रहेको मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।

इलाइट ट्रेक्स एण्ड एक्सपिडिसन प्रबन्धक तथा हिमाल आरोहणबाटै गिनिज बुकमा नाम लेखाएका मिङमा डेभिड शेर्पाका अनुसार उनी सबैभन्दा कम उमेरमा मनास्लु हिमाल आरोहण गर्ने किशोर पनि भएका छन् ।

यसअघि सङ्खुवासभाका निमारिञ्जि शेर्पाले १६ वर्ष पाँच महिना १२ दिनको उमेरमा हिमाल आरोहण गरेर रेकर्ड बनाएका थिए । उनको रेकर्ड त्यही नाम राशिका ताप्लेजुङका शेर्पाले ब्रेक गरेको मिङमा जनाउँछन् । निमा मिङमाका सहोदर भतिजो पनि हुन् ।

निमा छिरिङले आइतबार बिहान मनास्लुको आरोहण गरेको इलाइट कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here