सवारी दुर्घटनामा चार जनाको मृत्यु

36

 

काठमाडौं । सल्यान, दार्मा गाउँपालिका-५ भिरपाटीस्थित सडकमा रा.२ प ७०२२ नम्बरको मोटरसाइकल बिहीबार साँझ दुर्घटना हुँदा चालक कुमाख गाउँपालिका-५ चिमालकाँडा बस्ने २३ वर्षीय प्रकाश घर्तीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१३ पिडारी चोकस्थित सडकमा ज.७ प ९४९० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१९ बस्ने ७० वर्षीया फुलो देवी यादवको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको   हो ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-९ रबिपथको मेनरोडस्थित सडकमा बा.५४ प ८९९२ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो दुर्घटना हुँदा तिलोत्तमा नगरपालिका-१३ पत्थरडाँडा बस्ने पाल्पा घर भएका ४१ वर्षीय प्रकाश गाहा थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

नवलपरासी पश्चिम, सुनवल नगरपालिका-३ कीर्तिपुरस्थित सडकमा लु.८ प ५२८० नम्बरको मोटरसाइकललाई लु. २७ प १७० नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो ठक्कर दिँदा लु.८ प ५२८० नम्बरको मोटरसाइकल चालक रूपन्देही देवदह नगरपालिका-११ छोटकीगुम्बी बस्ने ६० वर्षीय प्रकाश मल्लको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुही रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लु.२७ प १७० नम्बरको मोटरसाइकल चालकको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here