ओलीविरुद्ध कदम चाले प्रतिवाद गर्ने नेकपा एमालेकाे तयारी

21

काठमाडौं। पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सरकारले कुनै कदम चाले देशभर प्रतिवाद गर्ने नेकपा एमालेले तयारी गरेको छ ।

भक्तपुरमा आयोजित भेटघाट कार्यक्रम मार्फत् स्थायी समिति सदस्य भानुभक्त ढकालले जनसंगठनहरुका तर्फबाट प्रतिवादको कार्यक्रम तयार भइसकेको जानकारी दिए ।

उनका अनुसार आगामी २५ गते युवा संघका तर्फबाट मोटर साइकल र्याली निकाल्ने तयारी भइरहेको छ।

‘अनेरास्ववियुले मुद्दा दिएको कुरा तपाईँहरुलाई थाहै छ,’ ढकालले भने, ‘षडयन्त्रको थप तानाबाना बन्यो भने प्रतिवादमा जानुपर्छ भनेर उपत्यका स्तरमा र जिल्ला स्तरसम्म लैजाने तयारी भएको छ ।’

पार्टीका २३ वटै जनसंगठनले प्रतिवादको योजना बनाएको पनि उनले जानकारी दिए । ‘षडयन्त्रकारीहरु सफल भएर बनेको सरकारले हाम्रो पार्टीको अध्यक्ष, नेपाली कांग्रेसका नेताहरुलाई गिरफ्तार गर्न पनि दुस्प्रयास भएको थियो,’ ढकालले यस्तो योजना सफल हुन नदिने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here