काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख तीन दलका नेताहरूलाई बिदाइ गर्नुपर्ने जनाएका छन्।
आइतबार सामाजिक सञ्जालमा एक भिडिओ सन्देश जारी गर्दै उनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रमुख नेताहरूलाई नेतृत्वबाट बिदाइ गरेर संवादको नयाँ वातावरण प्रारम्भ गर्न अपिल गरेका हुन्।


















