काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरूका लागि राजधानीको सुकेधारास्थित Mercure Hotel मा विशेष छुट सुविधा उपलब्ध गराइने भएको छ ।
सो सम्बन्धमा Mercure Hotel र एनआईसी एशिया बैंकबीच छुट सुविधा प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले उक्त होटलमा सेवा लिँदा डिजिटल भुक्तानीमार्फत १५ प्रतिशतसम्म छुट पाउनेछन्।
बैंकका अनुसार आवास सेवामा १५ प्रतिशत र खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।
यसका लागि ग्राहकहरूले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड, साथै मोबैंक एप (मोबाइल बैंकिङ) प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
एनआईसी एशिया बैंकले उक्त सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध गराउनेसँगै देशमा डिजिटल भुक्तानी प्रणाली प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।


















