तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न दबाब

21

काठमाडौं ।  जेनजी आन्दोलन दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरिक्षक चन्द्रकुवेर खापुङमाथि फौजदारी कसुरमा अनुसन्धान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

युवराज पौडेलले जेन–जी आन्दोलन दमन संलग्न रहेको भन्दै जिम्मेवार अधिकारीमाथि फौजदारी कसुरमा अनुसन्धान गरेर कारबाहीको माग गरेका हुन्।

जेनजी अगुवाहरुले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न दबाब दिइरहेका बेला अदालतमा रिट परेको हो। उनीहरुलाई कारबाहीको माग गर्दै किटानी जाहेरी पनि परेको छ।

रिट निवेदनमा उनीहरुमाथि अनुसन्धान नगर्न कोही कसैबाट दबाब परेको भए त्यसलाई बदर गर्न समेत माग गरिएको छ।

सर्वोच्चले मंगलबारदेखि रिट निवेदन लिने निर्णय गरेसँगै सर्वोच्चमा संसद पुनःस्थापना, सुशीला कार्की नेतृत्वको सरकार गठनविरुद्ध रिट पेश भएको छ।

भदौ २३ गते दमनका कारण त्यसै दिन १९ जना युवाहरुको हत्या भएको थियो। पछि उपचारका क्रममा गरेर हालसम्म ७५ जनाको ज्यान गएको छ भने सर्वोच्च, सिंहदरबार, संसद भवन जस्ता राज्यका महत्वपूर्ण निकाय जलेर नष्ट भएका छन्। निजी सम्पत्तिमा समते तोडफोड र आगजनी गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here