काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन् ।
रावल प्रेस संयोजक नियुक्त भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी गराएकाे छ ।
रावल दुई दशकदेखि पत्रकारितामा सक्रियमा कार्यरत छन् ।
दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका रावल कान्तिपुर टेलिभिजन, ग्यालेक्सी टेलिभिजन हुँदै पछिल्लो समय नेपालखबर अनलाइनमा सम्पादककाे अनुभव रहेकाे छ ।
रावलले त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर गरेका छन् भने कानुनमा स्नातक पनि हुन् ।


















