ऐरी आईसीसी टी-२०आई ब्याटिङ वरियतामा ६ स्थान खस्किए

20

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई ब्याटिङ वरियतामा ६ स्थान खस्किएका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र ६ स्थान तल झरेर ७१औं स्थानमा पुगेका हुन् । बुधबार सार्वजनिक गरिएको वरीयतामा १३ अक्टोबरसम्मको प्रदर्शन हेरिएको छ ।

ओपनर कुशल भुर्तेल भने ३ स्थान सुधार गरेर ७९औं स्थानमा पुगेका छन् । कप्तान रोहित पौडेल र ओपनिङ ब्याटर आसिफ शेख १-१ स्थान खस्किएर क्रमश: ७२औं र ७४औं स्थानमा पुगेका छन् । अलराउण्डर वरियतामा भने दीपेन्द्र चौथोमा छन् ।  शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब कायमै छन् । दोस्रोमा हार्दिक पान्ड्या र तेस्रोमा अफगानिस्तानका मोहम्मद नाबी छन् ।

कुशल भुर्तेल अलराउन्डर वरीयतामा २४औं स्थानमा छन् । बलिङमा ललित राजवंशी ११ स्थान तल (६२औं स्थानमा) झर्दा सन्दीप लामिछाने १ स्थान माथि (८२औं स्थानमा) पुगेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here