रूपन्देही । ओमसतिया गाउँपालिका-४ बसन्तपुरस्थित सडकमा प्र.३-०१-००२२ च ३७१५ नम्बरको कारलाई हाल नम्बर नखुलेको सवारी साधनले गए राति ठक्कर दिँदा कार चालक मायादेवी गाउँपालिका-८ बस्ने ५५ वर्षीय राजु विश्वकर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले हाल फरार सवारी साधनको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















