काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई ब्याटिङ वरियतामा ६ स्थान खस्किएका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र ६ स्थान तल झरेर ७१औं स्थानमा पुगेका हुन् । बुधबार सार्वजनिक गरिएको वरीयतामा १३ अक्टोबरसम्मको प्रदर्शन हेरिएको छ ।
कुशल भुर्तेल अलराउन्डर वरीयतामा २४औं स्थानमा छन् । बलिङमा ललित राजवंशी ११ स्थान तल (६२औं स्थानमा) झर्दा सन्दीप लामिछाने १ स्थान माथि (८२औं स्थानमा) पुगेका छन् ।


















