काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २६ ले वडाभित्रका घरहरुमा एनएफसी चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली प्रारम्भ गरेको छ । बुधबार लैनचौरस्थित वडा कार्यालयमा यो कामको शुरुवात गरिएको हो ।
कुल ४५ लाख रुपैयाँ बजेट खर्च गरेर वडाका सबै घरमा ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’ लागु गर्न लागिएको वडाध्यक्ष ख्यामराज तिवारीले जानकारी दिए ।


















