ठूलो सङ्ख्यामा पटाका जन्य सामाग्री बरामद

21

काठमाडाैं । ईलाका प्रहरी कार्यालय बेलाटारी (पश्चिम नवलपरासी) ले गण्डक नहरको अठलहीबाट ठूलो सङ्ख्यामा पटाका जन्य सामाग्री बरामद गरेको छ।

चाडपर्व लक्षित गरि नेपालमा प्रतिबन्धित रहेको पटाकालाई प्रतापपुर गाउँपालिका ९ अठलहीबाट ११ प्रकारको २२ सय ७ पिस पटाका नियन्त्रणमा लिइ नष्ट पारिएको प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले जानकारी दिनुभयो।

सिमापार भारतीय बजारबाट लुकाइछिपाइ ल्याइएको पटाकालाई प्रतापपुर गाउँपालिका वडा न.९ को वडा अध्यक्ष जयकिसुन चौधरी,केही स्थानीय व्यक्ति र सञ्चारकर्मीको रोहबरमा नष्ट पारिएको निरीक्षक क्षेत्रीले जानकारी दिनुभएको छ। प्रहरीले बरामद गरेको पटाकाको मूल्य अन्दाजी ४० हजार रहेको जानकारीमा आएको छ। त्यसैगरी प्रहरी चौकी बसहियाले सिमापार भारतीय बजारबाटै लुकाइ ल्याइएको ७ हजार ५ सयको पटाका नियन्त्रणमा लिइ नष्ट पारिएको प्रहरीले बताएको छ।

प्रहरीले पटाका लोड गरि ल्याउदै गरेको यु.पि.56H7356 नम्बरको प्लाटिना मोटरसाइकल पनि बरामद गरेको थियो। चाडपर्वको नाममा पटाकाजन्य सामाग्री ल्याउदा शान्ति,सुरक्षालाई नै चुनौती थपिने हुँदा प्रहरीले पनि अभियानकै रुपमा पटाका लगायत अवैध र प्रतिबन्धित वस्तुहरु रोकथाम,नियन्त्रण कार्यलाई अगाडि बढाउदै आएको बुझिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here