एसियन कप छनोट खेलेर नेपाली राष्ट्रिय फुटबल टाेली स्वदेश फिर्ता

20

काठमाडौं । एएफसी एसियन कप छनोट खेल्न भियतनाम पुगेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ ।

बिहीबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय टीमलाई एन्फा पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । एएफसी एसियन कप छनोट अन्तर्गत दुई लेग खेल्न नेपाली टोली भियतनाम पुगेको थियो ।

तर, दुवै खेलमा नेपाल पराजित भएको थियो । पराजयसँगै नेपालको छनोट यात्रामा पूर्णविराम लागेको छ । नेपाल अंकविहीन अवस्थामा समूहको पुछारमा यथावत् छ ।

शीर्षस्थानमा रहेको मलेसियासँग १२ अंक रहेको छ भने भियतनाम ९ अंकसहित दोस्रो स्थानमा छ । लाओस ३ अंकका साथ तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here