कञ्चनपुर । हमासले बन्दक बनाएर हत्या गरेका विपिन जोशीको महाकाली नदी किनारमा अन्त्येष्टि अघि शवयात्रा गरिएको छ ।
शवयात्रामा ठुलो संख्यामा स्थानीयहरुसँगै नेपालका सरकारी अधिकारी तथा नेपालका लागि इजरायली राजदूत समेत सहभागी छन् । जोशीको राष्ट्रिय सम्मानसहित धार्मिक परम्पराअनुसार महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिने छ । जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।
इजरायलबाट सोमबार मात्र जोशीको शव नेपाल ल्याइएको थियो ।


















