लन्डनमा ‘बेस्ट रेस्टुरेन्ट’ होली काउले अवार्ड जित्यो

27

लन्डन । गएको झन्डै दुइ दशकदेखि लन्डनमा स्वादिष्ट नेपाली तथा इन्डियन खानाको लागि चिनिएको ‘होलि काउ’ ग्रुपद्वारा संचालित फाइन डाइन रेस्टुरेन्टले ‘बेस्ट रेस्टुरेन्ट’ को अवार्ड  जितेको छ।

आइतबार बेलुका रेडिंगमा आयोजित इंगल्यांड्स बिजनेस अवार्ड्स २०२५  मा उक्त पुरस्कारको घोषणा गरिएको थियो।

मतदाताहरुले गरेको भोट, कम्पनीले तिरेको कर, कर्मचारी संख्या, समुदायमा योगदान लगायतको आधारमा  पुरष्कृत व्यवसायहरुको छनोट गरिएको आयोजकले बताए ।

इङ्ल्यान्डभरका रेस्टुरेन्टहरूबीच आयोजित प्रतिस्पर्द्धामा  हजारौँ ग्राहक र समर्थकले आफुलाई  मनपर्ने व्यवसायको पक्षमा भोट दिएका थिए। होली काउले प्राप्त गरेको यो अवार्डले नेपाली उद्यमशीलता र आतिथ्यलाई अन्तरराष्ट्रिय  स्तरमा थप उजागर गरेको होली काउ ग्रुपका अध्यक्ष कुल आचार्यले बताए।  उक्त अवार्डबाट आफुहरु अत्यन्तै  उत्साहित भएको बताउंदै आचार्यले यो  यात्रामा साथ, स्नेह र भोटद्वारा सहयोग गर्ने सबै मित्र, शुभेच्छु र सहयोगीहरूलाई हार्दिक  धन्यवाद दिए।    यो उपलब्धि नेपाली समुदायको गौरव मात्र होइन, गुणस्तरीय सेवा र स्वादमार्फत ब्रिटेनमा स्थापित नेपाली पहिचानको प्रमाण पनि बनेको उनले बनाए ।

२० वर्ष पहिले स्थापना गरिएको होली काउ समूह अन्तर्गतका  रेस्टुरेन्ट तथा टेक अवेहरुमा झन्डै १२० जना कर्मचारी कार्यरत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here