काठमाडौं । आज भन्दा महिना अगाडि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भएका अष्ट्रेलियाका नागरिक म्याट रसले पदबाट राजीनामा दिएका छन्।
अखिल नेपाल फुटबल संघ(एन्फा) लाई उनले राजीनामा पत्र बुझाएको स्रोतबाट जानकारी प्राप्त भएकाे छ । साे विषयमा एन्फाबाट अहिलेसम्म कुनै आधिकारिक जानकारी गराइएकाे छैन ।
रसकाे मुख्य प्रशिक्षणमा प्रशिक्षणमा नेपालले जम्मा एक खेलमात्रै जितेकाे छ भने २ खेल बराबरी र ४ खेल हार्न बाध्य भएकाे छ ।


















