बारा । परवानीपुर गाउँपालिका-१ बुनिया बस्ने ५५ वर्षीय भुखि महतोको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















