जंगी अड्डामा एक युवक मध्यराति छिरेर तोडफोड

23

काठमाडाैं । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा एक युवक मध्यराति छिरेर तोडफोड गरेको खुलेको छ।

करिब चार साताअघि असोज १८ गते मध्यराति ११ बजे एक युवक जंगी अड्डा पसेर करिब १२ घन्टापछि भोलिपल्ट पौने १२ बजेमात्रै निस्किएका थिए।

न्युरोड बस्ने २४ वर्षीय राहुल बोगटीले जंगीअड्डा परिसरमा रहेको तारबार नाघेर त्रिभुवन आर्मी अफिसर क्लब सभामण्डप भवनभित्र रहेको ड्राइ सौनामा छिरेर तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ।

त्यसपछि उनी महिला शौचालयमा लुकेर भोलिपल्ट करिब पौने बाह्र बजेमात्र क्लबको गेटबाट बाहिर निस्किन खोज्दा बारबाट हामफालेपछि मात्रै सेनाले थाहा पाएको थियो। पछि उनलाई सेना र प्रहरीले मिलेर पक्राउ गरेको थियो।

उनीमाथि प्रहरीले आपराधिक उपद्रव कसुरमा कात्तिक १२ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ। सेनाले अनुसन्धानका लागि दिएको निवेदनका आधारमा प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो। पक्राउ परेका सिन्धुलीका बोगटी मजदुरी गर्ने व्यक्ति हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here