यस्ताे छ सुनचाँदीकाे भाउ

19

काठमाडौं ।  नेपाली बजारमा सोमवार सुनको मूल्य स्थिर रहेको छ। केही दिनयता निरन्तर घट्दै आएको सुनको मूल्य आज पनि अघिल्लो दिनको स्तरमै अडिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ मा कारोबार भएको सुन आज पनि सोही दरमा कारोबार भइरहेको छ । पछिल्ला केही सातादेखि अन्तर्राष्ट्रिय बजारमा उतारचढाव देखिए पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहनु सकारात्मक संकेतका रूपमा लिइएको छ।

सुन र चाँदीका मूल्यहरू प्रायः अन्तर्राष्ट्रिय बजारका उतारचढाव र अमेरिकी डलरको विनिमय दरसँगै चल्ने गर्छन्। हालको स्थिरताले बजारमा केही राहत मिलेको व्यवसायीहरूको धारणा  छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here