सुनको भाउ तोलामा १४ सय रुपैयाँ घट्याे

26

काठमाडौं ।  मंगलबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ तोकेको छ।

अघिल्लो दिन २ लाख ३९ हजार ७ सय रुपैयाँ थियो। असोज मसान्तपछि सुनको भाउ क्रमिक रुपमा ओरालो लागेको छ। असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।

चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ। अघिल्लो दिन ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३०१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। असोज ३१ गते चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here