कांग्रेसभित्र विद्रोह हुने

18

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले पार्टीभित्र विद्रोह हुने जनाएका छन्।

मुलुकमा जस्तै पार्टीभित्र पनि विद्रोह हुने उनको धारणा छ।

‘म त केन्द्रीय समितिमा बोल्ने पक्षमा पनि थिइनँ, बोलेर पनि के हुन्छ र?, विद्रोह हुन्छ विद्रोह पार्टीभित्र। जस्तो देशमा भयो त्यस्तै पार्टीभित्र पनि विद्रोह हुन्छ,’ अमात्यले आज केन्द्रीय समितिमा राखेका भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।

नेताहरू दरबारमा बसेर हिसाबकिताब गरेको जनता र कार्यकर्ताको भावना नबुझेको उनको धारणा छ।

उनले सभापतिको आदर गर्ने भए पनि परिवारको दासत्व स्वीकार गर्न नसक्ने बताएका थिए।

बागमती प्रदेशमा बहादुर सिं लामा तामाङमाथि पार्टीभित्रकै नेताहरूले ‘कू’ गरेको तर कोही नेता नबोलेको उनको भनाइ थियो।

उनले महाधिवेशन गरेर मात्रै चुनावमा जानुपर्ने जनाए।

‘अधिवेशन रोकेर चुनावपछि गर्ने भन्ने? किन रोक्ने लोकतान्त्रिक पार्टीले? यहाँहरू नै सभापति हुने हो पदाधिकारी हुने हो हामी हुने होइन, ओली र प्रचण्ड हुने होइन,’ उनले भने, ‘जो सभापति हुन्छ कांग्रेसकै हुन्छ। कांग्रेस पार्टी इतिहासमा कहिल्यै पनि एक ढिक्का थिएन र हुन पनि सक्दैन।बम्हा, विष्णु, महेश्वर आए पनि कांग्रेस एक ढिक्का हुँदैन।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here