तत्काल गुट-उपगुटका भेला बन्द गरी एकजुट हुन कडा चेतावनी

22

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक किचलो बढिरहेका बेला पार्टीका नेता तथा जुम्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले पार्टी नेतृत्वलाई तत्काल गुट-उपगुटका भेला बन्द गरी एकजुट हुन कडा चेतावनी सहितको अपिल गरेका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणालाई लक्षित गर्दै शाहीले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि र आक्रोश व्यक्त गरेका हुन् । उनले नेताहरूलाई व्यक्तिगत स्वार्थ र अहमलाई त्याग्न र राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

​”राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन होस् वा पार्टी महामन्त्री धवल शमशेर राणा होस्, यसरी गुट-उपगुटका भेला तत्काल बन्द गर्नुहोस। यस्तो अवस्थामा राष्ट्रवादीहरू एक ढिक्का हुने हो, फुटेर होईन, जुटेर अगाडि बढ्ने हो। यदि तपाईंहरू मिलेर जान सक्दैनौ भने युवाहरूको भविष्य बर्बाद गर्ने तपाईंहरूको अधिकार छैन” उनले भनेका छन् ।

ज्ञानेन्द्र शाहीको यो अपिलले राप्रपाभित्र चुलिएको विवादले पार्टीको भविष्यमाथि नै प्रश्नचिह्न खडा गरेको देखाउँछ । विशेषगरी, युवा पुस्ताको प्रतिनिधित्व गर्ने शाहीले नेताहरूलाई राष्ट्रवादी शक्तिलाई कमजोर नबनाउन र जनताको आशामाथि तुषारापात नगर्न सचेत गराएका छन्।

यस्ताे छ अपिलको सन्देश:
​गुटबन्दी तत्काल बन्द गर्नुपर्ने: शाहीले स्पष्ट रूपमा गुटगत भेला र क्रियाकलापहरू तत्काल रोक्नुपर्ने माग गरेका छन्।
​एकतामा जोड: देशलाई वैकल्पिक शक्ति चाहिएका बेला राष्ट्रवादीहरू फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ।
​युवाको भविष्यको चिन्ता: यदि शीर्ष नेताहरू मिल्न नसक्ने हो भने उनीहरूलाई पार्टीको एजेन्डा र युवाहरूको भविष्य बर्बाद गर्ने अधिकार नभएको भन्दै नैतिक प्रश्न उठाएका छन्।
​राप्रपामा आन्तरिक द्वन्द्वका कारण केही नेताहरूले पार्टी छाड्ने चेतावनी दिएको तथा नेतृत्वप्रति असन्तुष्टि पोखेको अवस्थामा शाहीको यो अपिलले पार्टीभित्रको संकटलाई थप उजागर गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here