काठमाडौं । बहुविवाहको मुद्दामा मंगलबार अपरान्ह पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा कारागार चलान भएका छन्।
जिल्ला अदालत र उच्च अदालतबाट समेत एक वर्षअघि नै दोषी ठहर भएका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार पक्राउ गरेको थियो।
उनलाई बुधबार अदालतमा उपस्थित गराएर तोकिएको सजाय भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले जनाए।


















