दिल्लीमा विषाक्त हावा नियन्त्रण गर्न मास्क लगाएर प्रदर्शन

24
New Delhi: A woman wears an anti-pollution mask as smog covers the capital's skyline on Wednesday. Yesterday the air quality hit severe levels in New Delhi. PTI Photo by Shahbaz Khan(PTI11_8_2017_000013A)

नयाँ दिल्ली । नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको पहल उल्लेख्य नभएको भन्दै दर्जनौं प्रदर्शनकारीहरूले आइतबार मास्क लगाएर प्रदर्शनमा सहभागी भएका छन् ।

पछिल्ला केही दिनदेखि दिल्लीको वातावरण निकै प्रदुषित बनेको छ । खतरनाक सूक्ष्म कणहरू भएको बाक्लो तुवाँलोले दिनदिनै भारतको सङ्घीय राजधानीलाई ढाकिरहेको छ।

भीडमा रहेका अभिभावकहरूले आफ्ना बच्चाहरूलाई प्रदर्शनमा सहभागी गराएका थिए भने ‘प्लाकार्ड’ बोकेका ती बालबालिकाहरूले वातावरण प्रदुषण नियन्त्रण गर्न सरकारलाई आग्रह गर्दै नारा लगाइरहेका थिए। उनीहरूले जुलुसमा बोकेका ‘प्लाकार्ड’मा लेखिएको थियो, “म सास फेर्नै नसक्ने अवस्थामा पुगेको छु।”

तीन करोड बासिन्दाहरूको विशाल महानगरीय क्षेत्र नयाँ दिल्ली पछिल्लो समय निरन्तर विश्वको सबैभन्दा प्रदूषित राजधानीहरू मध्ये एक बनेको छ।

तीतापिरोे बाक्लो धुँवाले प्रत्येक जाडोमा दिल्लीको क्षितिजलाई ढाक्ने गर्छ । चिसो ऋतुसँगै बहने चिसो हावाले प्रदूषकहरूलाई जमिनको सतहको नजिक ल्याउँछ। यो त्यतिबेला अझ विकराल बन्छ जब राजधानी वरपरका किसानहरूले हिउदे खेती लगाउनुपूर्व ‘छापो’ पोल्छन्। दिल्लीमा रहेका कारखाना र भारी ट्राफिकबाट पनि प्रदुषणको उत्सर्जनको घातक मिश्रण सिर्जना हुन्छ।

क्यान्सर निम्त्याउने सूक्ष्म कणहरू रक्तप्रवाहमा प्रवेश गर्न सक्ने पिएम २।५ को स्तर कहिलेकाहीँ संयुक्त राष्ट्र सङ्घको दैनिक स्वास्थ्य सीमाभन्दा ६० गुणासम्म बढ्छ। छोरासँगै प्रदर्शनमा आएकी नम्रता यादवले भने, “आज म आमा बनेर यहाँ छु । म यहाँ छु किनभने म जलवायु शरणार्थी बन्न चाहन्न।”

आइतवार प्रदर्शनकारीहरू भेला भएको प्रतिष्ठित युद्ध स्मारक इन्डिया गेट वरपर पीएम २।५ को स्तर विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको दैनिक अधिकतम भन्दा १३ गुणा बढी थियो। “वर्षैपिच्छे एउटै कथा छ, तर कुनै समाधान छैन”, वकिल तन्वी कुसुमले भने, हामी निराश भएर प्रदशैनमा आएका छौँ।”

“सरकारले कम्तिमा यस मुद्दालाई गम्भीरतापूर्वक लिन दबाब सिर्जना गर्नुपर्छ। प्रदुषण नियन्त्रणका लागि हुने टुक्रे सरकारी पहलहरूले उल्लेखनीय प्रभाव पार्न असफल भएका छन्।

सरकारले केही दिन पहिले जीवाश्म ईन्धनबाट चल्ने यातायात र हावाबाट सिर्जना भएका कण हटाउन कुहिरो छर्कने र पानी बोक्ने ट्रकहरूमा आंशिक प्रतिबन्धहरू लगाउने निर्णय गरेको थियो ।

“प्रदुषणले हाम्रो जीवन बिताइरहेको छ”, एक युवतीले आफ्नो नाम बताउन अस्वीकार गर्दै भनिन्, “उनले आफुहरूले ‘दिल्लीबासीको तर्फबाट बोलेको’ दाबी गरिन् ।” गत वर्ष द ल्यान्सेट प्लानेटरी हेल्थमा प्रकाशित एक अध्ययनअनुसार सन् २००९ देखि २०१९ को बीचमा भारतमा ३८ लाख मानिसको मृत्यु वायु प्रदूषणका कारण सिर्जित रोगका कारण भएको थियो ।

प्रदूषित हावाले बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी गम्भीर सङ्क्रमणको उच्च जोखिममा राख्ने संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ)ले चेतावनी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here