काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबिच ७ बुँदे सहमति भएको छ।
घोषणा सभाअघि नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा नेकपाका संयोजक प्रचण्ड र अभियानका नेता भीम रावलले औपचारिक रुपमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
घोषणा सभा केहीबेरमा राष्ट्रिय सभागृहमा सुरु हुँदैछ। सभालाई संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेता रावलले सम्बोधन गर्नेछन्।
रावललाई नेकपामा छैटौँ वरीयता दिने सहमति बनेको छ। त्यसअघि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहनेछन्।
यस्तो छ सहमति पत्र :



















