‘अञ्जिला’ नेपालबाट सिफारिस भएको अधिकारिक चलचित्र

17

काठमाडौं । अस्कर अवार्डले ‘अञ्जिला’ नै नेपालबाट सिफारिस भएको यसवर्षको अधिकारिक चलचित्र रहेको जनाएको छ ।

सा  चलचित्रको सिफारिसलाई लिएर फिल्ममेकरको केही तप्काबाट विरोध भैरहँदा एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेजले औपचारिकरुपमा आगामी ९८ औं अस्करका लागि योग्य अन्तर्राष्ट्रिय फिचर फिल्मको सूची सार्वजनिक गरेको हो ।

दीपक रौनियारसहितका फिल्ममेकरले अस्करको मुख्यालयमा पत्र लेख्दै आवेदन प्रक्रिया पुनः सुरु गर्न र कमिटीका केही सदस्यबारे पुनर्विचार गर्न आग्रह गरेका थिए ।

यो विवादपछि शुक्रबार आगामी अस्करको अन्तर्राष्ट्रिय फिचर विधाको लागि योग्य ८६ चलचित्रको सूची बाहिर आएको हो ।

योसँगै नेपालको अस्कर सहभागितालाई लिएर भैरहेको संशय मेटिएको छ भने ‘अञ्जिला’ ले नै अस्करमा नेपालको प्रतिनिधित्व गर्ने निश्चित भएको छ ।

नेपालबाट ‘अञ्जिला’ सिफारिस हुँदा भुटानबाट ‘आई, द सङ’, बंगलादेशबाट ‘अ हाउस नेम साहना’, भारतबाट ‘होम बाउन्ड’ अस्करको अन्तर्राष्ट्रिय फिचर विधाको लागि योग्य ठहरिएका छन् ।

१६ डिसेम्बरमा यस विधामा सर्टलिस्ट घोषणा हुनेछ भने २२ जनवरीमा मनोनयन घोषणा हुनेछ । १५ मार्चमा ९८ औं अस्कर अवार्ड अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुनेछ ।

‘अञ्जिला’को कुरा गर्दा, यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा यो चलचित्र आधारित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here