देशमा भ्रष्टाचार विकराल रुपमा फैलिएकाे छ: प्रचण्ड

26

काठमाडौं ।। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा भ्रष्टाचार विकराल रुपमा फैलिएको जनाएका छन्।

वाइसिएल नेपालले शनिबार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार देशको लागि दुर्भाग्य भएको जनाएका हुन्।

भ्रष्टाचारविरुद्ध सरकारमा हुँदा र नहुँदा पनि आफूहरुले आवाज उठाउँदै आएको भए पनि अपेक्षित रुपमा सरकारले सुन्न नसकेको जनाए ।

उनले भदौ २३ र २४ गतेको जेन–जीको आन्दोलनले भ्रष्टाचार विरोधी अभियान र आफूहरुले उठाउँदै आएको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा नयाँ उर्जा दिएको उल्लेख गरे। भ्रष्टाचारविरोधी आन्दोलनका लागि उनले युवाहरुलाई धन्यवादसमेत दिए।

उनले भने, ‘म जेन–जी युवाहरूलाई धन्यवाद भन्न चाहन्छु। तपाईंहरूले भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा र स्वतन्त्रताका पक्षमा जसरी २३, २४ मा आवाज उठाइदिनुभयो, हामीले उठाउँदै गरेको भ्रष्टाचार विरोधी अभियानमा, हामीले उठाउँदै गरेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तपाईंहरूको आवाजले हामीलाई राम्रै ऊर्जा प्रदान गर्‍यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here