काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीमा सामूहिक र समानुपातिक अध्यक्ष परिषद् रहने व्यवस्था गरिएको छ ।
अन्तरिम अध्यक्ष परिषदका लागि ‘जेनजी’ अन्दोलनकी नेतृसहित ओजस्वी भट्टराई, सन्तोष परियार, सुदन किराँती, अशोक जैसवाल र दुर्गा सोव परिषद्मा परेका छन् ।
केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ । समितिमा फिल्डमा खट्न सक्ने मात्र रहने नेता जनार्दन शर्माले बताए । बैठकले कार्यसमिति सदस्यको जिम्मेवारी तोक्ने उनले बताए ।
डा. बाबुराम भट्टराई, जनार्दन शर्मालगायत शीर्ष नेता कार्यकारी भूमिकामा नरहने तर केन्द्रीय सदस्यमा भने अटाउनेछन् । पार्टीको महाधिवेशन परिस्थिति हेरेर गर्ने पनि नेता शर्माले बताए ।


















