करेन्ट लागेर मृत्यु

15

 

रौतहट । गौर नगरपालिका-५ डेरा गरी बस्ने मौलापुर नगरपालिका-४ पतौरा टोल घर भएका सुनिल साहको छोरा ५ वर्षीय रितिक कुमार साहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

गौर नगरपालिका-८ स्थित निर्माणाधीन घरको छतमा खेल्ने क्रममा घर नजिकै रहेको विद्युतको पोलको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here