काठमाडौं । संयुक्त अभियान समुहकाे सांस्कृतिक शान्ति तथा सद्भाव र्याली सभ्य भव्य रूपमा शनिबार सम्पन्न गरेको छ ।
भाद्र २३ र भाद्र २४ गतेको जेन्जी आन्दोलनले देशमा जनधनक्षतिका साथै अशान्तिपूर्ण वातावरणले पारेको प्रभावलाई ध्यानमा राखी शुरू भएको र्यालीमा उपत्यकासहित देशैभरका विभिन्न जिल्लाबाट अभियन्ता, शान्तिप्रेमी, सम्पदाप्रेमी, संस्कृति प्रेमी तथा नेपालमा आमालाई माया गर्ने नेपाली जनको उपस्थिति जनाइएको थियो ।
कार्यक्रम सहभागी जनाएका तारालाल श्रेष्ठले सामुहिकतामा अाधारित सांस्कृितक शक्ति बन्नका लागि हजाराैं, लाखाैं बर्षकाे पसिना मिहिनतले परिष्कृट हुन्छ । अहिले राजनैतिक एकता एकदम संकटमा रहेकाेले राजनैतिक एकतालाई सांस्कृतिक एकताले दिशा निर्देश गर्नुपर्ने जनाए । यस शान्ति सद्भाव र्याली देशका गाउँ गाउँ समेत फैलियाेस् भनेर कामना समेत गरे ।
अहिले देशमा विद्यमान तरल अवस्था, मौलिक सम्पदा तथा समुदायको रक्षार्थ पौरख गौरव, हाम्रो संस्कृति, महान राष्ट्र र राष्ट्रियता बचाउन गरिएको सांस्कृतिक शान्ति तथा सद्भाव र्यालीमा नेवार समुदायको नाय्खि, धिमे बाजाका साथै लिम्बु समुदायको च्याब्रुंग बाजाको तालमा ललितपुरको पाटन दरबार स्क्वायरमा भेला भएर र्याली काठमाडौंको बसन्तपुर दरबारको कालभैरव मन्दिरमा पुगेर कार्यक्रम सभामा परिणत भएको थियो ।
साइकल अभियान्ताहरू, नेवाः लहनाका सरसफाई अभियान्ताहरूकाे समेत उल्लेखनीय सहभागीता रहेकाे कार्यक्रमका संयाेजक सुरेन्द्र अवालेले हाम्राे देशमा शान्ति जाेगाई राख्न, नेपालीहरू मिल्नका लागि तथा हाम्राे देशका माैलिक सम्पदा पहिचानहरू जाेगाउन कार्यक्रम गरिएकाे जनाउँदै स्वागत मन्तव्य राखे ।
कार्यक्रम संचालक असोज महर्जनले देशमा सृजित अशान्ति हटाई शान्ति स्थापनार्थ देशैभर शान्तिपद यात्रा गर्न आफू तयार जानकारी गराए । भाेजपुरबाट समेत पाल्नु भएका अमर राईले जेन्जी आन्दाेलन पश्चात अशान्ति पश्चात सबैलाई शान्ति हाेस्, माया, एकता कायम हाेस् भनेर शान्ति र्यालीमा सहभागी हुन पाउँदा खुशी लागेकाे जनाए ।
श्री जट्टाधारी नित्य नाथ बाजं खलःका विभिन्न शाखाहरूले सहभागीता जनाइएकाे कार्यक्रममा साे संस्थाका संस्थापक अध्यक्ष गुरू राजेन्द्र महर्जनले सांस्कृतिक र्याली गर्नुकाे प्रमुख उद्वेश्य क्रान्ति ल्याउनका लागि हाे । याे देशमा नेवार समुदायहरू जिवितै छ भनेर देखाउन तथा राज्यमा विभिन्न कालखण्डमा सत्ता परिवर्तन गर्न नेवार समुदायकाे अतुल्नीय याेगदान छ भन्ने चेतना दिलाउन समेत कार्यक्रम गर्नु परेकाे जनाए । साथै उनले थप्दै भने शान्ति जीव जनावर पशुपन्छी देखिलिएर सिंगाे मानव समुदायकै लागि आवश्यक छ भनेर सन्देश दिलाइ देशलाइ सुखी, शान्ति, समृद्व कायम हाेस् भनेर भगवान्काे आराधना गरेर बाजा बजाएर र्याली सुरू गरिएकाे जनाए ।
कार्यक्रमको मूख्य संयोजक राजमान मानवले आज विश्वभरि जेन्जी आन्दोलन चल्नुको मुख्य कारण सुशासन, भष्ट्राचारविरूद्व देश समाज बनाउनका लागि चलेको अनुरुप नेपालमा पनि परिवर्तन भएकोले जनताले धेरै आशा गरेकाे जनाए । यसलाई हामी सबैले मन्न गरेर अवसरका रूपमा सदुपयोग गर्नु पर्नेमा जोड दिए ।
उनले अबको सरकार भनेको चुनावको लागि मात्रै हाे । जनताले शान्ति, विकास, हामीले निर्माण चाहेकाे छ। नेपालको गौरव संस्कृतिक, शान्ति हो । तसर्थ हामीले सबै मिलेर यो एउटा विकासमा लैजाउने सोचका साथ आउँदो चुनावमा सुशासन चाहने, योग्य भष्ट्राचार विरोधी, समाजप्रति उत्तरदायित्व, जनताको भावना बुझ्ने, देश माटोलाई बुझ्ने व्यक्तिलाई छानेर सरकार पठाउन सकेकाे खण्डमा समाधान हुने धारणा राखे ।
साे र्यालीमा तलका प्लेकार्डसहित प्रदर्शनी गरिएकाे थियाे । जुन यस प्रकार छ :-
















































