उद्योग खोल्ने वातावरण निर्माण गर्नुपर्नेमा जाेड

18

काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले राजनीतिक दल खोल्न जसरी प्रतिष्पर्धा भइरहेको त्यसैगरी उद्योग खोल्न पनि प्रतिष्पर्धा हुनुपर्ने जनाए ।

राष्ट्रिय युवा परिषदले बुधबार आयोजना गरेको कार्यक्रममा उनले हाल देशमा राजनीतिक दलहरु खुले जसरी उद्योग खोल्ने वातावरण निर्माण गर्नुपर्ने जनाएका हुन्।

‘जसरी अहिले देशमा दलहरु खोल्नको लागि प्रेरित भइरहेको छ। यसरी दिनानुदिन कम्पनी, उद्यमशिलता र उद्योग खोल्नको लागि वातावरण बनाइनुपर्छ’, उनले भने ‘किनभने कुनैपनि देश पोलिटिक्स (राजनीति)ले मात्र समृद्धि हुन सक्दैन।’

उपाध्यक्ष ढकालले आगामी निर्वाचनका लागि राजनीतिक दलहरूले तयार गर्ने घोषणापत्रमा कम्पनी दर्ता, उद्यम सञ्चालन र उद्योग विस्तारलाई सहज बनाउने स्पष्ट नीति समावेश गर्नैपर्ने धारणा राखे।

उनले पुराना पुस्ताको अनुभव र नयाँ युवाहरुको सोचलाई सँगै अगाडि बढाएर देश समृद्ध बनाउन लाग्नुपर्ने जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here