काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको शव आजै अन्त्येष्टि गरिँदैछ । त्यसका लागि उनको शव अस्पतालबाट बाहिर निकालिएको छ ।
उनको आजै अपराह्न सवा तीन बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बालेनको सचिवालयले जनाएको छ ।
अस्पतालका अनुसार उनको आज मध्याह्न १२ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसअघि प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर भेटेकी थिइन् ।















