काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेलले अपांगता भएका व्यक्तिहरूको हक अधिकार स्थापित गर्नका लागि सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।
अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौंमा आयोजित प्रभातफेरीपछि सभालाई सम्बोधन गर्दै मन्त्री खरेलले सो धारणा राखेका हुन् ।
दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपांग महासंघ लगाएत विभिन्न संघसंस्थाले बुधबार काठमाडौंमा प्रभातफेरी आयोजना गरेका थिए । प्रभातफेरीपछि भृकुटीमण्डपमा सभा आयोजना गरिएको थियो ।


















