आज बढ्याे सुन तोलामा ८ सय रुपैयाँ

19

काठमाडौं । आज बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ५३ हजार ३ सय रुपैयाँ थियो । सुनको भाउ यसअघि असोज ३१ गते हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । सुनको मूल्यले डेढ महिनाअघिको सो रेकर्ड तोड्न नसकिरहेका बेला चाँदीको भाउले चार दिनयता दैनिक नयाँ रेकर्ड बनाइरहेको छ ।

बुधबार चाँदी एकैदिन तोलामा ११० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५४५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ६५५ रुपैयाँ पुगेको छ । गत आइतबारदेखि चाँदीले दैनिक नयाँ रेकर्ड बनाइ बढिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here