पार्टीले बहुमतको नाममा गर्ने गलत निर्णयलाई नमान्ने घोषणा : महामन्त्री थापा

41

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले बहुमतको नाममा गर्ने गलत निर्णयलाई नमान्ने घोषणा गरेका छन्।

नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनर्लाइ सम्बोधन गर्दै महामन्त्री थापाले सोमबार उक्त घोषणा गरेका हुन् । यसअघि पार्टीभित्रको बहुमतले गरेको निर्णयलाई फरक मत राख्दै माने पनि अब नमान्ने महामन्त्री थापाले बताएका छन्।

कांग्रेसको अहिलेको इमेज सबै थोक सत्ता भन्ने भाष्य बनेको र त्यसका लागि चुनावमा फरक विचार बोक्ने दलहरुसँग गठबन्धन गरेर निर्वाचनमा गएर गल्ती गरेको औंल्याउँदै महामन्त्री थापाले त्यस्ता निर्णयहरुलाई फरक मत मान्दै आए पनि अब नमान्ने उल्लेख गरेका छन्।

‘सत्ताका लागि हामी सबै थोक गर्छौं भन्ने इमेज बन्यो। आज हाम्रो निराशाको मूल कारण यहि हो। गल्ती जहाँबाट भएको छ सच्याउने काम त्यहिँबाट हुनुपर्छ। यो भन्दा अघिल्ला बैठकमा पनि भन्दै आएको हो। अघिल्ला बैठकहरुमा मत राखियो। आफ्नो फरक मत राखियो। पार्टीको बहुमतले गरेको निर्णय भनेर मानियो। अब मानिन्नँ। अब लडिन्छ,’ महामन्त्री थापाले भने।

महामन्त्री थापाले यसअघिका गल्तीमा माफी माग्नुपर्ने पनि दाबी गरेका छन्। ‘नेपाली कांग्रेस पार्टीले गरेको गल्तीलाई स्वीकार्दै आम जनतासँग माफी माग्दै, आम पार्टीका सदस्यसँग माफी माग्दै यो कांग्रेसले घोषणा गर्छ, गर्नुपर्छ कि यो कांग्रेसले जीवनमा चुनाव हारे हार्छ, दुई पटक हारे हारिन्छ। तीन पटक हारे हारिन्छ तर जीवनमा नेपाली कांग्रेसले चुनावअघि गठबन्धन गर्दैन,’ थापाले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here