इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र लेस्टर विजयी

227

एजेन्सी/इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा मध्यक्रममा रहेका एभर्टन र लेस्टर सिटी विजय भएको छ । एकपक्षीय खेलमा एभर्टनले कार्डिफ सिटीलाई उसैको मैदानमा ३–० गोलले हरायो भने लेस्टरले ब्राइटनलाई २–१ गोलले पराजित गरेको थियो । एभर्टनलाई जित दिलाउन जिल्फी सिगुर्डसनले ४१औँ र ६६औँ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा डोमिनिक काल्भर्ट लेविनले अर्को गोल गर्दै एभर्टनको जित सहज बनाए । जितसँगै २८ खेलबाट ३६ अंक बनाएको एभर्टन नवौँ स्थानमा छ । २५ अंक बनाएको कार्डिफ १७ औँ स्थानमा छ ।

लेस्टरलाई घरेलु मैदानमा जित दिलाउन डिमाराई ग्रेले १० औँ मिनेटमा खाता खोले । ६३औँ मिनेटमा जेमी भार्डीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ६६ औँ मिनेटमा ब्राइटनका डभी प्रोपरले एकगोल गरेपनि टोलीले हार टार्न सकेन । जितसँगै ३५ अंक बनाएको लेस्टर ११औँ स्थानमा उक्लिएको छ । २७ अंक बनाएको ब्राइटन १६औँ स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको २७ खेलबाट ६६ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ६५ र तेस्रो स्थानमा रहेको टोट्टनहामको ६० अंक छ । मंगलबार रातिनै भएको अर्को खेलमा हडर्सफिल्ड टाउनले वल्भ्सलाई १–० गोलले हरायो । हडर्सफिल्डको जितमा स्टिभ मोउनीले ९०औँ मिनेटमा निर्णायक गोल गरेका थिए । अर्को खेलमा न्युक्यासल युनाइटेडले बर्नलीलाई २–० गोलले पराजित गर्यो । घरेलु मैदानमा न्युक्यासलको जितमा फाबियन स्कारले २४औँ र सेन लङस्टाफले ३८औँ मिनेटमा गोल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here